अनुषाको नेतृत्वमा नवोदय साहित्यिक बगैँचा बाल क्लबको
हेटौंडा/ नवोदय साहित्यिक बगैँचा बाल क्लवको अध्यक्षमा अनुषा उप्रेती चयन भएकी छिन् । क्लबको प्रथम अधिवेशनबाट उप्रेतीको अध्यक्षतमा १३ सदस्यीय नयाँ कमिटी निर्माण भएको हो । क्लबको उपाध्यक्षमा सेरोन गिरी, सचिवमा दर्शना सापकोटा, सहसचिवमा ज्यास्मिन पौडेल र कोषाध्यक्षमा स्नेहा रिमाल चयन भएका छन् ।
यसैगरी सदस्यमा रोश्नीकुमारी महतो, स्तुति गुरागाई, सासा अधिकारी, अग्रिम लम्साल, अमिर चौधरी, प्रतीक्षा बराल, दिपर्जन खड्का र श्रेया प्रजापति चयन भएका छन् । क्लबकी अध्यक्ष इलिसा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । अरु जिल्लाको तुलनामा मकवानपुरमा साहित्य क्षेत्र निकै चलायमान रहेको जोशीले बताए ।
‘मकवानपुरमा साहित्यप्रेमीहरु धेरै नै छन् ।’ जोशीले भने –‘साहित्यको प्रचार प्रसार धेरै भएकाले गर्दा मकवानपुरका साहित्य सङ्घसंस्थाहरुले पुरस्कार पनि प्राप्त गर्ने गरेका छन् ।’ सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट भएका नवोदय शिशु सदनका प्रिन्स बर्तौला, जीएस निकेतनका उशा किरण अधिकारी र तुलसी मेहर मेमोरियल विद्यालयका प्रमिश रानाभाटलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम र साहित्यकार पुरुषोत्तम आचार्यले निर्वाचन मण्डलको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा साहित्यकार विनिता कार्कीको पनि सहभागिता रहेको थियो ।
नवोदय साहित्यिक बगैँचा बालक्लव सचिवको प्रतिवेदन
१. क्लबको स्थापना २०७६ कार्तिक २२ गतेदेखि नै क्लवले मासिक भित्तेपत्रिका नवोदय बाल आवाज प्रकाशन,
२. क्लवले पाक्षिक रुपमा रचना वाचन कार्यक्रम,
३. मिति २०७६ माघमा क्लवले आधुनिक मावि, चन्द्रोदय मावि, मकवानपुर एभरेष्ट तथा मुनलाइट युनाइटेड विद्यालयसँग समन्वय गरेर १५ दिनको कथा र कविता कार्यशाला गराई कफी हाउस कार्यक्रम सम्पन्न,
४. थाहा नगरपालिकाको संयोजन तथा नवोदय साहित्यिक बगैँचा क्लवको आयोजनामा थाहा नगरपालिकामा विभिन्न विद्यालयका लगभग ३०० विद्यार्थीलाई एकदिने कथा, कविता कार्यशाला सम्पन्न गरी उत्कृष्ट तीनलाई छनोट गरी बालसाहित्य महोत्सवमा पुरस्कृत,
५. लकडाउनको बेला भर्चुअल माध्यमबाट चार पटक रचना वाचन,
६. लकडाउनकै बेला मिति २०७७ असार २९ गते भानुभक्त जन्मजयन्तीको अवसरमा भचुर्अल माध्यमबाट भानुजयन्ती विशेष कार्यक्रम गरेका थियौँ जसमा स्वदेश तथा विदेशका साहित्य अनुरागीहरु सक्रिय सहभागिता जनाएका थिए । त्यसमा नाटक प्रहसन, देशभरबाट दश जना साहित्यकारहरुको रचना वाचन, विद्यार्थीको बहस तथा प्रा.डा. रामप्रसाद ज्ञवाली, समीक्षक युग पाठक तथा प्राध्यापक ध्रुब नेपालबिच भानुभक्तलाई हेर्ने दृष्टिकोणमा रही संवाद,
७. त्यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाका जन्मजयन्तीको अवसरमा लक्ष्मी जयन्ती विशेष कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी गराएर रचना वाचन, मुनामदन कवितांश वाचन, नाटक प्रहसन, तीन पुस्ताका व्यक्तिहरुको सिर्जना वाचन,
८. नवोदयमा भर्ना भएका नयाँ विद्यार्थीहरु साहित्यप्रति रुची जगाउने उद्देश्यले यसै क्लवले कार्तिक १० गतेबाट २० गतेसम्म भर्चुअल माध्यमबाट कविता कार्यशाला,
९. २०७७ माघ १६ गते सहिद दिवसका अवसरमा सहिदका सम्झनामा जिल्ला व्यापी वक्तृत्वकला प्रतियोगिता तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेका थियौँ । वक्तृत्वकलामा उत्कृष्ट तीन विद्यालयमा जीएस, तुलसी मेयर र नवोदय शिशु सदन
१०. फागुन ८ गते यस कार्य समितिको अन्तिम कार्यक्रम अनुसार बस्तीपुर जेसीजको आयोजना तथा क्लबको सहकार्यमा हाँडीखोलामा एकदिने कथा तथा कविता लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लगभग १६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो साथै उत्कृष्ट हुनेहरुलाई प्रमाणपत्र पनि वितरण ।

बाइलाइन नेपाल











