तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार १२:१३

नेपाली बजारमा बिहीबार मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार भने तोलमा रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा रु ८६ हजार १०० रहेको छ। छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*