प्रचण्ड–नेपाल पक्षका नेताहरुले गरे सभामुखसँग परामर्श

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार ११:३७

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँगको परामर्श गरेका छन् । आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो । त्यसलगत्तै नेताहरु सभामुख सापकोटासँग परामर्शका लागि उनको कार्यकक्षमा पुगेका थिए । सभामुखसँग करिब २० मिनेट छलफल पछि प्रचण्ड र नेपाल बाहिरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव पक्ष त्यसबारे अझै अनिर्णित बनेको अवस्थामा उनीहरु सभामुखसँग परामर्शमा जुटेका हुन् ।
शुक्रबार आफू पक्षीय संसदीय दलको बैठक बसेर सो पक्षले आज बस्ने प्रतिनिधि सभा बैठक अघिनै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षसहित राजीनामा नगरे अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।

यस्तै नेकपा विवादपछि सो पार्टीमा संसदीय दलको नेता र प्रमुख सचेतक दुई–दुई जना छन् । प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको छ भने ओली पक्षले प्रचण्ड–माधव पक्षमा लागेको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई तोकेको छ ।

यस्तो अवस्थामा आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले दलको नेता कसलाई मान्यता दिने हुन् भन्ने विषय जटिल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*