‘नेकपा’ नामको विवादमा फैसला आज

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार ११:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रवार निर्णय सुनाउँदै छ ।फागुन १३ मा सर्वोच्च अदालतले फागुन २० मा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि पेशी सरेको थियो ।

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको अन्तिम सुनुवाई गरेका हुन् ।आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*