गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार ११:११

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् ।

सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ । यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*