एयर गनसहित एक पक्राउ

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार ११:०८

सुर्खेत । सुर्खेतमा एयर गन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो । हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो ।

ग्यारेज खानतलासी गर्दा एयर गन फेला पारेको सुर्खेत प्रहरीले जनाएको छ। अनुसन्धान जारीनै रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ । उनले एयर गन कहाँबाट ल्याइएको हो भन्ने पनि नखुलेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*