आयुषले ल्याए ‘निर्दोष माया’

बाइलाइन नेपाल
२२ फाल्गुन २०७७, शनिबार १२:०९

काठमाडौँ । युवा गायक आयुष खतिवडाको गीत ‘निर्दोष माया’ सार्वजनिक भएको छ । रक भर्सन गीतमा विकल खतिवडाको शब्द र गायकै खतिवडाकै संगीत तथा संगीत संयोजन रहेको छ ।

किशोरावस्थाको प्रेम र आकर्षणलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा आयुष खतिवडा र प्रतिभा कटुवालको अभिनय देख्न सकिन्छ ।

भिडियोमा श्रीजन प्रजापतिको छायांकन, अमन महर्जनको सम्पादन तथा निर्देशन रहेको छ ।

१४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*