‘महालक्ष्मी साहित्य पुरस्कार’ डा. नवराज लम्साललाई प्रदान गरिने
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारबारे जानकारी गराइएको थियो ।
सामाजिक उत्तरदायित्व निभाउदैं बैकले साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार गर्दै आइरहेको बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले बताए । गत वर्ष २१ हजार १ रुपैयाँको रहेको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट बृद्धि गरी ५१ हजार बनाईएको पराजुलीले बताए । आगामी फागुन २९ गते शनिबार एक कार्यक्रमको आयोजना गरि महालक्ष्मी साहित्य पुरस्कारबाट डा. नवराज लम्साल, मातृभूमि राष्ट्रिय सम्मान २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान २०७७ बाट इतिहास लेखक केदार प्रसाद न्यौपानेलाई सम्मान गरिने पराजुलीले बताए । सोही दिन कवि दिनेश शर्मा न्यौापानेको कविता सङ्ग्रह विमोचन गरिनेछ ।
मातृभूमि साहित्य समाजद्धारा पन्ध्र स्रष्टा सम्मान तथा पुरस्कृत हुदैं
मातृभुमी साहित्य समाज मकवानपुरले फागुन २८ गते शुक्रबार एक कार्यक्रम आयोजना गरि विभिन्न विधिमा १५ वटा साहित्य सम्मान प्रदान तथा पुरस्कार प्रदान गरिने भएको छ । कोरोनाका कारण सहित विभिन्न समस्याले प्रदान गर्न बाकीँ रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरि कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधब पोख्रेलले बताए ।
उनले मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्त रुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई प्रदान गरिन लागेको बताउदैं अध्यक्ष पोख्रेलले इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५बाट गजलकार पुष्प अधिकारी, इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६बाट मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०७६बाट बाबु क्षेत्री, श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६बाट समाजसेवी राजकुमार सिंधी, होमनाथ वलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७बाट साहित्यकार केशवराज आमोदी, मायादेवि– मातृभूमि पुरस्कार २०७७बाट कवि अनुराधा शर्मा, शेखर शर्मा रिजाल– मातृभूमि शैक्षिक पुरस्कार २०७६बाट प्रा.डा नारायण प्रसाद खनाल र २०७७ बाट सुवर्ण बहादुर थापा, हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७बाट सुवास खनाल, क्षेत्र बहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट कवि डा. गणेशकुमार पौडेल, राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७बाट आसाम निवासी कृष्ण विक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७बाट सुवर्णलाल श्रेष्ठ, झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ बाट बिसु लामा र मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७बाट दिव्या चौलागाईलाई प्रदान गरिने बताए ।
पत्रकार सम्मेलनमा समाजका संस्थापक अध्यक्ष हयग्रीव आचार्य, प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, प्राध्यापक कृष्ण प्रसाद दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

बाइलाइन नेपाल











