विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने एक वर्षदेखिको प्रयास अहिले सफल भयोः डा भट्टराई

बाइलाइन नेपाल
२१ फाल्गुन २०७७, शुक्रबार १५:२९


काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा राजन भट्टराईले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने झण्डै एक वर्षदेखिको प्रयास अहिले आएर सफल भएको बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीको सदस्य समेत रहेका उनले यस्तो बताएका हुन् ।

‘ऐतिहासिक क्षणमा आउन लागि झण्डै १ वर्षदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अघि बढिरहेका थियौं । विभिन्न माध्यमबाट संवादको श्रृंखला अघि बढिरहेको पनि थियो । प्रधानमन्त्री स्वयम् संवादको प्रक्रिया सुरु भएको थियो र महासचिवले वार्ताको पहल गरिरहनु भएको थियो’, उनले भने, ‘गत साउन भदौमा अली बढी गहन छलफल भयो । तर त्यसले निरन्तरता पाउन नसकेपनि मंसिर, पुस र माघ महिनाका बीचमा वार्ताको प्रयास अघि बढाइयो । त्यही परिस्थितिअनुसार अहिले ३ बुँदे सहमतिमा आयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*