ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

बाइलाइन नेपाल
२० फाल्गुन २०७७, बिहीबार १६:३९

ज्योति विकास बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक÷एक थान बेबी वार्मर प्रदान गरेको हो । बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीले संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरे ।

यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँले संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य सीता कंडेल र डामिलन मल्ललाई हस्तान्तरण गरियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*