रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

बाइलाइन नेपाल
२० फाल्गुन २०७७, बिहीबार १२:०१

२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो ।

यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन ।

आगामी धानको सिजनका लनगि दुई लाख मेट्रिकटन रासायनिक मल मौज्दात रहने उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*