२७३ जना अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण

बाइलाइन नेपाल
२० फाल्गुन २०७७, बिहीबार १०:२४

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित शारदा माध्यामिक विद्यालयमा बुधबार २७३ जना अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

विद्यालयकी नर्स समीक्षा लामिछानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

डा. मुकेश कुमार श्रेष्ठ, सर्जन डा. सुन्दर कुमार श्रेष्ठ, दन्त विशेषज्ञ डा. स्वेच्छा शाह, डा. डोजेन्द्र बस्नेत लगायतको टोलीले शिविरमा १५३ जना महिला र १२० जना पुरुषलाई स्वास्थ्य सेवा प्रदान गरेको नर्स लामिछानेले जानकारी दिइन् ।

अभिभावकहरुले शिविरमा सुगर र प्रेसर, थाइराइड, मिर्गौला, मुटु, पेट, छाती दाँत, हाडजोर्नी र स्त्री रोग सम्बन्धी सेवा लिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*