ज्योति विकास बैंक र क्लक बीद्वारा उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न

बाइलाइन नेपाल
१९ फाल्गुन २०७७, बुधबार १४:३४

ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा उद्यमशीलता विकास सम्बन्धी “EntrepreneuHER” नामक कार्यक्रम सम्पन्न गरेको छ।

राजधानीमा सम्पन्न उक्त कार्यक्रमका बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई पचास हजारको “सीड फन्ड” र रू.दुई लाखको “इक्विटी इन्भेष्टमेण्ट फन्ड ” प्रदान गरे । EntrepreneuHER महिला उद्यमी र उद्यमहरूका लागि उद्यमी शिक्षा र नेटवर्किङ कार्यक्रम भएको जनाइएको छ।

एक महिना अघिबाट सञ्चालित सो कार्यक्रममा सातै प्रदेश बाट २१७ जना महिलाहरुले अनलाईन मार्फत् आवेदन दिएका थिए। सो आवेदनहरुबाट छनोट भएका ३५ जना आवेदकहरुलाई सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको थियो। तालिमको समाप्ति भए संगै ३५ जना महिला उद्यमीहरुले आफ्नो उद्यम सम्बन्धि विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए जस मध्येबाट मुल्यांकन गरेर १० जना अन्तिम उम्मेदवार छनोट भएका थिए।

उनीहरूले आफ्नो उद्यमको खाका र विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए। सो प्रस्तुतिको आधारमा कार्यक्रमका निर्णायक मण्डलमा रहेका पारस राज कंडेल, रामहरि आचार्य, बिनय देवकोटा, स्नेहा सिंह, ज्यास्मिन कर्माचार्य र नरोत्तम अर्याल ले गरेको मुल्याङ्कनको आधारमा सृजना भुसाल र शैलजा कशजु लाई विजेता छनोट गरिएको थियो। सृजना भुसालको लोकसेवा तयारी मोबाइल एप तथा शैलजा कसाजुको कृषिजन्य वस्तुबाट महिलाहरुको शिपलाई प्रवर्द्धन गर्दै बनाइने म्याट, पर्दा, ब्याग, मास्क जस्ता वस्तुलाई बजार प्रदान गर्ने इ-कमर्स साइटको प्रस्तावलाई निर्णायक मण्डलले विजेता घोषित गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*