समस्या परेमा मलाई सिधै सम्पर्क गर्नुस् : एआईजी पाल

बाइलाइन नेपाल
१९ फाल्गुन २०७७, बुधबार १३:५०

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले नागरिकलाई प्राथमिकतामा राखेर काम गर्न मातहतलाई निर्देशन दिएका छन् । बुधबार महानगरीय प्रहरी प्रभाग बालकुमारीको भवन उद्घाटन गर्दै एआईजी पालले समस्या परेपछि मात्रै नागरिक प्रहरी कार्यालयमा आउने बताए । उनले मातहतका प्रहरी कर्मचारीलाई भने– ‘त्यसैले नागरिकको समस्या र सुरक्षामा ध्यान दिनुहोला ।’

प्रहरीले स्वार्थ नराखिकन काम गर्नुपर्ने बताउँदै पालले काठमाडौं उपत्यकामा कसैलाई समस्या परेमा र आफुलाई सिधै सम्पर्क गर्न आग्रह गरेका छन् । ‘आफ्नो समस्या प्रहरीलाई भन्नुस्’ उनले भने–‘तपाईको समस्या मलाई सिधै सम्पर्क गरेर पनि भन्न सक्नुहुन्छ ।’

महानगरीय प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित भवनमा आवश्यक फर्निचरको लागी पहलकदमी गर्ने उनले बताए । ‘अब नयाँ भवन बनाउँदा फर्निचरको लागत समेत राख्न पहल गर्छु’–एआईजी पालले भने ।

कोटेश्वर–कलंकी सडक खण्डमा हुने दुर्घटना न्युनिकरणका लागि स्थानिय निकायसँग सहकार्य गरेर काम गर्ने पालको भनाइ छ ।

भवन उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले ललितपुर महागरलाई स्मार्ट सिटी बनाउन लागीपरेको बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले प्रहरीको नयाँ भवन निर्माण गर्दा फर्निसिङमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*