काँग्रेसले बोलायो संसदीय दलको बैठक : देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने

बाइलाइन नेपाल
१९ फाल्गुन २०७७, बुधबार १२:०८
sf7df8f}F !^ h]7 M g]sf ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; kf6L{sf] z'qmaf/ gofF afg]Zj/l:yt ;+3Lo ;+;bsf] Nxf]T;] xndf a;]sf] ;+;bLo bnsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको सचेतक पुष्पा भुसालले रातोपाटीलाई जानकारी दिइन् ।

२३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।
काँग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् ।

प्रतिनिधिसभा विघटन र पुनःस्थापना घनचक्कर बीच बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।
पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले काँग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको छ । तर नेकपा विभाजनको लफडा नटुंगी काँग्रेसले कुनै निर्णय नलिने भुसालको भनाइ छ ।

सांसद कार्कीले पनि सत्तासीन नेकपा केपी ओली र प्रचण्ड–माधव नेपाल समूहले कित्ता क्लियर नगरि काँग्रेसले कुनै निर्णय नलिने बताए । सत्ता सहकार्यका लागि नेकपा ओली प्रचण्ड– नेपाल दुबै समूहले काँग्रेससँग संवाद जारी राखेको छ । काँग्रेसले भने उनीहरुबीचको औपचारिक विभाजनपछि मात्र कित्ता क्लियर गर्ने अडान लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*