प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति अघि सचिवालय र स्थायी समिति बैठक बस्दै

बाइलाइन नेपाल
१९ फाल्गुन २०७७, बुधबार १०:२३

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालका अनुसार केन्द्रीय समिति बैठक अघि सचिवालय र स्थायी समिति बैठक पनि बस्दैछ । सचिवालय १० बजे र स्थायी समिति बैठक ११ बजे बस्न लागेको हो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा रणनीति बनाउन बैठक बोलाएको सो पार्टीका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै आगामी समीकरण कसरी र संसदमा कसरी फेस गर्ने भन्ने विषयमा छलफल हुने सो पार्टीका नेता बेदुराम भुषालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समितिका एजेण्डा सचिवालय, स्थायी समितिले तय गर्ने छ । प्रतिनिधि सभाको बैठक आगामी २३ गते बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविस्वास प्रस्ताव लैजाने प्रचण्ड–माधव पक्षको तयारी छ । सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टाए पनि प्रधानमन्त्री ओली पदबाट राजीनामा गर्न अनिच्छुक देखिएपछि राजनीतिक परिस्थिति थप जटिलतातर्फ जाने हो कि भन्ने आशंका गर्न थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*