दुईवटा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

बाइलाइन नेपाल
१८ फाल्गुन २०७७, मंगलवार ११:३६

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गमा भे८प ३७९५ र भे५प ३८८९ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका करिब सात बजे ना८ख ५४५६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्तीसोनारी–८ का २५ वर्षीय ढगबहादुर खड्काको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार बेलुकी नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय मानबहादुर खड्का र कोहलपुर–५ का ५१ वर्षीय सञ्जय चन्दको सोही अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*