धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

बाइलाइन नेपाल
१७ फाल्गुन २०७७, सोमबार १६:१९

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मृत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*