विप्लव समूहका नेता ओली समूहमा प्रवेश

बाइलाइन नेपाल
१७ फाल्गुन २०७७, सोमबार १४:३२

नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन् । विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गरेका हुन् । सो क्रममा सम्बोधन गर्दै उनले आफू पार्टी प्रवेश गरेको भन्दा पनि मुल घरमा आएको अनुभूति भएको बताए ।

सो क्रममा विप्लवका अन्य कार्यकर्ताका साथै काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली समूहमा प्रवेश गरेका थिए ।
नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापा लगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*