पूर्णिमा र पवित्रालाई उपाधि

बाइलाइन नेपाल
१७ फाल्गुन २०७७, सोमबार १२:१७

काठमाडौं– दक्ष इन्टरनेशनलले राजधानीमा एकसाथ आयोजना गरेको अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षेत्री ‘मिस व्युटिफूल नेपाल २०२१’ र पवित्रा बञ्जारा ‘मिसेस व्युटिफूल नेपाल २०२१’ चुनिएका छन् ।

पूर्णिमाले विधागततर्फको ‘युट्युब मस्ट भ्यूज’ र ‘मल्टीमिडिया च्वाइस’ अवार्डको उपाधि पनि चुमेकी छन् ।

‘मिस व्युटिफूल नेपाल २०२१’ मा गीता उप्रेती ‘फस्ट रनरअप’सँगै ‘वेस्ट एक्टिभ’, ‘मस्ट आइकोनिक आइज’ र ‘वेस्ट फिजीक’ तथा गीता गुरुङ सेकेण्ड रनर अपसँगै ‘वेस्ट र्‍याम्पवाक’ तथा पुजा नाथ ‘थर्ड रनरअप’सँगै ‘मस्ट पपुलर’, ‘फेसन आइकन’ र ‘मस्ट ट्यालेन्ट’ बने ।

विधागततर्फ सबिना खुलाल ‘मस्ट डिसिप्लेन’ र ‘वेस्ट पर्सनालिटी’, सोनिया शाही ‘वेस्ट स्माइल’, मनिषा यादव थापा ‘मस्ट फोटोजेनिक’, सुष्मिता देव ‘मस्ट पञ्चुअल’, विजया रञ्जीत ‘भ्युअर्स च्वाइस’ र ‘वेस्ट डान्सर’, अनिता तामाङ ‘वेस्ट हेयर’ तथा उषा फुयाल ‘वेस्ट स्किन’ भए ।

यस्तै विवाहित महिलाबीचको प्रतियोगितामा पवित्रा बञ्जारा ‘मिसेस व्युटिफूल नेपाल’का साथमा ‘वेस्ट ¥याम्पवाक’, ‘वेस्ट स्किन’ र ‘मस्ट ट्यालेन्टेड’ भइन् ।

प्रतियोगितामा सुशीला श्रेष्ठ ‘फस्ट रनरअप’सँगै ‘वेस्ट स्पीच’ र ‘मस्ट पञ्चुअल’, मञ्जु अधिकारी ‘सेकेन्ड रनर अप’सँगै ‘मस्ट एक्टिभ’, अन्जु न्यौपाने ‘थर्ड रनरअप’का साथमा मस्ट फोटोजेनिक’ र सरु थापा ‘मस्ट पपुलर’ चुनिए ।

प्रतियोगितामा विधागततर्फ उमा खड्का ‘भ्युअर्स च्वाईस’, रोचना राजोपाध्याय ‘मस्ट डिसिप्लेन’, मीना महर्जन ‘वेस्ट स्माइल’, सिर्जना रुपाखेती पाण्डे ‘वेस्ट डान्सर’, उमा खड्का ‘वेस्ट फिजिक’, आरती भण्डारी ‘वेस्ट हेयर’, झुमा देवी ओली ‘वेस्ट पर्सनालिटी’, सरु थापा ‘मल्टिमिडिया च्वाइस अवार्ड’ र विनिता देउला ‘वेस्ट सिंगर’ बने ।

अश्विनी झाको कोरियोग्राफीमा भएको प्रतियोगितामा अभिनेता सरोज खनाल, गीतकार डा. डिआर उपाध्याय, व्यवसायी सुजन रिमाल, सञ्चारकर्मी अपेक्षा ढुंगाना, मेकअप आर्टिस्ट तारा थापा, मोडल तथा अभिनेत्री करुणा पाण्डे र शिक्षिका कमला चुदारालाई विशेष सम्मान गरिएको थियो ।

प्रतियोगितामा पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल प्रमूख निर्णायक रहेका थिए भने अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, र्‍यापर निर्णय एनएसके, मिसेस व्युटिफुल नेपाल २०१८ संगिता बस्याल, सञ्चारकर्मी माधव निर्दोषी र नेपाल सरकारका उपसचिव दुर्गा वञ्जाडे थिए ।

आयोजक टेकराज पाण्डेले विवाहित र अविवाहित महिलामा अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*