सुनको मूल्यमा सामान्य वृद्धि

बाइलाइन नेपाल
१७ फाल्गुन २०७७, सोमबार ११:५०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*