काठमाडौंको साँखुमा ‘काकाबाट बलात्कृत भएँ’ भन्दै बचाउन फेसबुकबाट किशोरीको अपील

बाइलाइन नेपाल
१६ फाल्गुन २०७७, आईतवार १६:५८

काठमाडौं । काठमाडौंको साँखु घर भएकी १८ वर्षीया किशोरीले एकाघरका पुरुषबाट आफू बलात्कृत भएको भन्दै सहयोगको याचना गरेकी छिन् । सामाजिक संजाल (फेसबुक)मा लामो स्ट्याटस लेखेर उनले आफ्नै काकाले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

एक वर्ष पहिले आफ्नै काकाले दुई पटक बलात्कार गरेको आरोप लगाउँदै उनले भनेकी छिन्, ‘उसले मलाई त्यसबारे कसैलाई नभन्न धम्की दिएको थियो तर, बुबालाई भनेँ, उहाँले पारिवारिक कुरा भएको हुनाले बाहिर नभन्न भन्नुभो ।’

बलात्कार आरोपीले अहिले फिनल्यान्डमा रहेको र आफूलाई पनि त्यही लैजान खोजेको पीडितले बताएकी छिन् ।

सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्यान खतरामा रहेको उल्लेख गर्दै उनले आफूलाई घर बाहिर निकाल्न आग्रह गरेकी छिन् । संजालमा प्रहरीकहाँ जाहेरी दिन आग्रह गरेर थुप्रै कमेन्ट गरिएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले घटनाबारे अनुसन्धान सुरु गरिएकाे  बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*