ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया

बाइलाइन नेपाल
१६ फाल्गुन २०७७, आईतवार १०:३९

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली काँग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्त थैलीको पथरिया निकालिएको हो ।

नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैली र त्यहाँ भएको ढुंगा निकालेको हो । सामान्य विरामी हुँदा पनि नेताहरु उपचारका लागि विदेश जाने गरेको भन्दै आलोचना हुने गरेका बेला नेता कोइरालाले भने शल्यक्रिया गराउन स्थानीय अस्पताल नै रोजेका हुन् । ‘उपचार कहाँ गएर गराउने भन्दा पनि राम्रो उपचार कहाँ हुन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ नेता कोइरालाले भने–‘पूर्वी नेपालमै पनि राम्रो उपचार गराउने यस्तो स्तरीय अस्पताल छन्, राम्रो उपचार यही पाइन्छ भने किन अन्त जानु भनेर नोबेलमै अप्रेशन गराएको हुँ ।’

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई कोइराला अहिले घर फर्किएका छन् । अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएका कारण नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुकका विरामी पनि उपचारका लागि नोबेल अस्पताल आउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*