सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बाइलाइन नेपाल
१३ फाल्गुन २०७७, बिहीबार १३:०९

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १३५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*