नोरा फतेहीले रुदैँ भनिन्, ‘अडिसनमा बोलाएर मेरो मजाक उडाइन्थ्यो’

बाइलाइन नेपाल
१३ फाल्गुन २०७७, बिहीबार ११:५०

बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक छिन् । उनले आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् ।

नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, ‘मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु । तर भारत आएपछि मलाई कसैले थप्पड हानेजस्तै भयो ।’

नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, ‘हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो । मलाई निर्देशकहरुले जानीजानी हिन्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडाउन सकियोस् । मलाई त्यसकारण निकै पीडा हुन्थ्यो ।’

उनी उक्त अन्तरवार्तामा रुँदै आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*