फेवाताल किनारमा एक युवक मृत भेटिए

बाइलाइन नेपाल
१३ फाल्गुन २०७७, बिहीबार ११:१४

पोखरामा एक युवक मृत फेला परेका छन् । लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् ।

युवक अन्दाजी २२–२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जनाएको छ । निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । मृतकको पहिचान भइनसकेको हमालले बताए ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको र मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रवक्ता हमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*