हेटौंडामा अत्याधुनिक प्रविधिसहितको डेन्टल क्लिनिक सञ्चालनमा, चैत मसान्तसम्म उपचारमा छुट
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा अत्याधुनिक प्रविधि र सेवासहितको डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दाँतको उपचारका लागि अब अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । हेटौंडाको कान्तिराजपथमा रहेको चन्दन मार्केटमा मल्टिकेयर डेन्टर एण्ड डाइबिटिज क्लिनिकले आधुनिक विधिद्वारा दाँतको उपचार सुरु गरेको हो ।
१२ वर्षदेखि दन्तरोग विषेशज्ञका रुपमा कार्यरत डाक्टर स्वेच्छा शाहले सञ्चालनमा ल्याएको क्लिनिकमा दाँतको उपचार गर्दा प्रयोग हुने पछिल्ला उपकरणहरुको प्रयोग गरिएको छ । काठमाडौंको हिमाल र समाज डेन्टल हस्पिटलमा सेवा दिइसकेकी शाहले क्लिनिकमा दाँत सम्वन्धी सबै उपचार सेवा प्रदान गरिने बताईन् ।
क्लिनिक शुभारम्भको अवसरमा ओपीडी शुल्कमा पूर्ण छुट र २०७७ चैत मसान्तसम्ममा सबै प्रकारका उपचारमा २५ प्रतिशत छुट रहेको डा. शाहले जानकारी दिइन् । संक्रमणमुक्त वातावरणमा अत्याधुनिक प्रविधि र उपकरण तथा आधुनिक विधिबाट उपचार हुने उनले बताइन् ।

क्लिनिकमा दाँत भर्ने, दाँतको जारदेखि उपचार गर्ने, नक्कली दाँत बनाउने, दाँत प्रत्यारोपण गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँत निकाल्ने, बच्चाहरुको दाँतको सम्पूर्ण उपचार, गिजाको उपचार गरिने सञ्चालक डाक्टर शाहले जानकारी दिइन् । क्लिनिकमा बिमारीको चाप र माग अनुरुप विशेषज्ञ सेवा पनि उपलब्ध हुने जनाइएको छ ।
दाँतको सबै उपचारमा उत्याधुनिक प्रविधि र उपकरणको प्रयोग गरेर गर्ने भएकाले गुणस्तरिय सेवा दिने जनाइएको छ । सञ्चालक डाक्टर शाहले अब दाँतको उपचारका लागि अन्यत्र धाउनु नपर्ने दाबी गर्दै हेटौंडामा नै मल्टिकेयर डेन्टर एण्ड डाइबिटिज क्लिनिकले सबै प्रकारका सेवा उपलब्ध गराउने जानकारी दिइन् ।

बाइलाइन नेपाल











