प्रचण्ड-नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार १९:४७

सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ। चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।

भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए। अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ।

यसअघि अध्यक्ष प्रचण्डले अब आफूहरू यसअघि गरिएका प्रतिवद्धताअनुसार नै अघि बढ्ने तर केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने बताएका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*