बुवाबाट आशीर्वाद लिँदै प्रधानमन्त्रीले मनाए ७० औं जन्मदिन (तस्बिरहरु)

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार १६:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए ।

ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए । ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*