अभिनेत्री रेखा थापालाई कलाकार भट्टको प्रश्न- तपाईले ल्याएका राउटेहरु अहिले कहाँ छन् ?

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार १३:२६

काठमाडौँ । पछिल्लो समय मागेर समाजसेवी नहुने तर्क राख्दै आएकी अभिनेत्री रेखा थापाको समाजसेवामाथि पनि अहिले प्रश्न उठेको छ । अभिनेता पुस्कर भट्टले उनको समाजसेवामा प्रश्न उठाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै भट्टले उच्च शिक्षा दिने भनेर काठमाडौं ल्याएको राउटेहरु अहिले कहाँ छन् भनेर रेखामाथि प्रश्न गरेका छन् ।

फिल्मका अभिनेता तथा रेखा थापा फाउन्डेसनका पूर्व म्यानेजर भट्टले रेखालाई फिल्म ‘हिम्मतवाली’ प्रमोसनका लागि राउटेहरुलाई प्रयोग गरेको समेत आरोप समेत लगाएका छन् । ‘नायिका रेखा थापाले पनि रेखा थापा फाउन्डेसन र राउटेहरुको सबालमा नेपाली समाजलाई सार्वजनिक रुपमै जबाफ दिन जरुरी छ’ उनले अगाडि लेखेका छन् ‘हिम्मत्वाली फिल्म प्रमोसनको लागि नजानिदो तरिकाले ४ जना राउटेहरुलाई फाउन्डेसनमार्फत काठमाडौँ ल्याएर फिल्म हलहल चहारेर फिल्म प्रमोसनको लागि सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा तपाईले बटुल्नुभयो । त्यसको भोली पल्ट राउटेहरु कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहनुभएको छ रेखाजी ?’

उनले रेखा थापा फाउन्डेसनका लागि २ र ३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको समेत खुलासा गरेका छन् । ‘करिव २ र ३ करोड पैसा तपाईंको आफ्नै थियो कि, क्यानडाको कुनै फाउन्डेसनले सहयोग गरेको थियो ? के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरुले माग्दा तपाईंलाई सहन नहुने ?’ उनले अगाडि लेखेका छन् ‘समाज सुधारका लागि सहयोगी भावना राखेर समाजसेवा गरिरहेकाहरुलाई प्रश्न गर्नु भन्दा पहिला रेखा थापा फाउन्डेसनले के गर्यो भनेर हेक्का राख्न जरुरी रहेको छ ।’

उनले अहिले समाजसेवा गरिरहेका धुर्मुस सुन्तली, रवि लामिछाने, ज्ञानेन्द्र शाही र स्वेता खड्काको बिषयमा प्रश्न गर्नुभन्दा आफुलाई नियाल्न र अरुको बारेमा अन्तरवार्ताहरु दिएर छोटो चर्चामा नआउन अनुरोध समत गरेका छन् ।
अभिनेत्री रेखा थापाले हालै एक टेलिभिजनसँगको अन्तरवार्तामा मागेर समाजसेवा नहुने बिषयमा हमफ्नो धारणा राखेपछि अभिनेता भट्टले स्टाटसमार्फत रेखा प्रतिको आफ्नो असन्तुष्टि पोखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*