हेटौंडामा दुईवटा सुमो आपसमा ठोक्किदा ११ जना घाइते

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार १०:५७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान करिब ८ बजेको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ दुईवटा सुमो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको यात्रुबाहक सुमो र विपरित दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरको सुमो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ११ जना सामान्य घाइते भएको र उनीहरुको हेटौंडाको सञ्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीले दुबै सुमोलाई नियन्त्रणमा लिई घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*