पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार १६:४५
sf7df8f}F, % df3M s[lif tyf kz'k+IfL ljsf;dGqL kbds'df/L cof{nn] ;f]daf/ /fhwfgLdf cfof]lht clvn g]kfn dlxnf ;ª3 -cg]d;+3_ s]Gb|Lo ;ldltsf kbflwsf/L tyf hgk|ltlglw dlxnfx?sf] sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/M rGb|snf If]qL, /f;;

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् ।

आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई इतिहासको संस्करण भएको बताएकी हुन् ।

उनले भनिन्, ‘पार्टी विभाजन र एकता कुनै नौलो होइन । यो इतिहासको पुनरावृत्ति हो ।’ मन्त्री अर्यालले नेकपालाई प्रधानमन्त्री एवं पार्टी अध्इक्ष केपी शर्मा ओलीले व्यवस्थित बनाएर अघि बढाउन खोजेको पनि बताइन् ।

उनले मुलुक निर्वाचनतर्फ अघि बढिसकेकाले पार्टी औपचारिक रुपमा नफुटेको बताइन् । देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको पनि उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*