झरनाद्वारा गाउँपालिका स्तरीय प्रतियोगिता आयोजना

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार १४:४७

साहित्यिक परिवार मकवानपुरको २६२औँ साहित्य शृङ्खला बकैया गाउँपालिका स्तरीय कविता तथा गजल प्रतियोगिताका रुपमा आज बकैया स्थित महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ । प्रतियोगितामा बकैया गाउँपालिका भित्रका विभिन्न विद्यालय गरी डेढ दर्जनभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

झरना साहित्यिक परिवार मकवानपुरको २८ औं वार्षिकोत्सव पूर्वसन्ध्यामा यो विशेष कार्यक्रम आयोजना गरिएको हो । यस प्रतियोगितामा उत्कृष्ट हुने तीनजना सहभागीलाई यहि फागुन १४ र १५ गते बकैया ५ श्रीपुरमा आयोजना हुने दोस्रो बकैया साहित्य महोत्सवका अवसरमा पुरस्कार प्रदान गरिनेछ ।

झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झरना का निवर्तमान अध्यक्ष तथा सल्लाहकार उद्धब सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा झरनाका अर्का उपाध्यक्ष चिरञ्जीवी लामिछानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी सहसचिव गायत्री रुपाखेतीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्ण घतानीले प्राविधिक सहयोग गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*