जनसाँस्कृतिक महासंघ मकवानपुरको बिस्तारित बैठक सम्पन्न

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार १४:३६

नेपाल कम्युनिष्ट पाट्री -नेकपा_ सम्बद्ध जनसाँस्कृतिक महासंघ मकवानपुर र घटक संगठनहरुको संयुक्त बिस्तारित बैठक शनिबार भएको छ । जनसाँस्कृतिक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष चिरन्जिवि थापाको अध्यक्षता एवम् नेकपा केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आथित्यता विस्तारित बैठक सम्पन्न भएको हो । बैठकले जनसाँस्कृतिक महासंघको अध्यक्षमा राजुराम राउतलाई चयन गरेको छ ।

यस्तै जन चलचित्रकर्मी संघ, मकवानपुरको अध्यक्षमा रिपेश दाहाल, जनसाहित्यिक लेखक संघ, मकवानपुरको अध्यक्षमा गणेककुमार तिमल्सिना, जननाट्य मंच, मकवानपुरको अध्यक्षमा राजकुमार रिसाल र जनसंङ्गित मंच, मकवानपुरको अध्यक्षमा विजय अमात्य चयन हुनु भएको जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य मसान उपासकले जानकारी दिनुभयो । कार्यक्रममा नेकपाका जिल्ला नेताहरु नविन सिग्देल, फुर्वादोर्जे लामा, मेम्बर लो, रमिला घलान, जनसांस्कृतिक महासंघका केन्द्रियहरु आशाकाजी श्रेष्ठ, मसान उपासक, शुसिल पौडेल, जनचलचित्रकर्मी संघ, नेपालका बागमति प्रदेश सह संयोजक प्रकाश दाहाल, प्रेस सङ्गठन मकवापुरका संयोजक धर्मेन्द्र दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कवि तुलसी घिमिरे, कवि सुवास खनाल, नाट्यका डिबि बर्तौला लगायतकाको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*