बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान
९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

बाइलाइन नेपाल











