अभिनेत्री करिना बनिन् दोस्रो सन्तानकी आमा

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार १३:०१

बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्। द इन्डियन एक्सप्रेसका अनुसार करिनाले आइतबार दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन्।

द इन्डियन एक्सप्रेसलाई करिना कपुरका बुवा, अभिनेता रणधिर कपुरले करिना आमा बनेको जानकारी गराएका हुन्। रणधिरका अनुसार करिनाले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे बच्चालाई जन्म दिएकी हुन्। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो। यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए। नयाँ छोरासँगै सैफ अलि चौथो पटक बुवा बनेका छन्।

सैफका पूर्व पत्नी अमृता सिंहबाट दुई सन्तान छन्, सारा अलि खान र इब्राहिम अलि खान।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*