सप्तकोसी किनारमा सँगै खेल्न गएका दाजुको ढिस्कोले पुरेर मृत्यु, भाइ घाइते

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार ११:३१

सुनसरीको बराहक्षेत्रमा माटोको ढिस्कोले पुरिएर शनिबार किशोरको ज्यान गएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का १४ वर्षीय प्रज्जवल राईको बालुवा र माटोसहितको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो १ बजे बराहक्षेत्र-८ सालबन्दीस्थित सप्तकोसी नदीको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्जवललाई बालुवा र माटोसहितको ढिस्को झरी पुरेको प्रहरीले जनाएको छ।

राई पुरिएको देखेपछि स्थानीयले तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा ल्याएका थिए। राईको उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

उनीसँगै खेल्ने गएका उनकै भाइ १० वर्षीय राजन राई समेत पुरिएर घाइते छन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*