बाबुराम भट्टराईको प्रधानमन्त्रीलाई प्रश्न- अब सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ?

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार ११:२४
????????????????????????????????????

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहन नैतिक अधिकार नरहेको बताएका छन्। शनिबार राति सामाजिक सञ्जालमार्फत भट्टराई अदालतलाई ओलीले खुलेआम दबाब दिएको भन्दै यस्तो बताएका हुन्।

‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ?’ भट्टराईले भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो? सत्ता कब्जा गरेर बस्नेको संलग्नता बिना कसले सेटिङ गर्ने हो? अदालतमाथिको दबाब पुष्टि भएन र?’

शनिबार विराटनगरमा भएको ओली समूहको आमसभामा प्रधानमन्त्री ओलीले संसद विघटनको विपक्षमा सर्वोच्च अदालतले फैलसा गरे ‘सेटिङ’ हुने भन्दै आन्दोलनकै चेतावनी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*