अदालतलाई दबाब दिएको भन्दै कांग्रेसद्वारा ओलीको आलोचना

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार १९:४७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिएको भन्दै आलोचना गरेका छन् ।

शनिवार विराटनगरमा आयोजित आफू पक्षीय भेलामा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो पक्षमा फैसला गर्ने र नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका थिए। सो अभिव्यक्तिलाई लिएर प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा आलोचना गरेका हुन ।

प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन नसक्ने जनाएका छन्। उनले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ। न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।’

ओलीले विराटनगरको सभामा भनेका थिए ,‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*