‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै विभिन्न संवैधानिक निकायमा समेत नियुक्ति गरेको विरोधमा शनिबार पनि प्रदर्शन भएको छ । प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै ‘अहिंसात्मक नागरिक प्रदर्शन’ ब्यानरमा राजधानीमा भएको प्रदर्शनमा प्राध्यापक डा गोविन्द केसीलगायतको पनि सहभागिता रहेको छ ।
प्रदर्शनकारीले ‘न्यायिक सुशासन कायम गर, संविधानको रक्षा गर, नागरिक अघि बढ्दैछ सवसत्तावाद ढल्दैछ, निरंकुश सरकार चाहिँदैन, संविधनविरुद्धको षड्यन्त्र बन्द गर’लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । ओलीको कदमविरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ ।

बाइलाइन नेपाल











