जुन रुख ढाल्दैथिए, त्यसलै किचेर ज्यान लियो

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार ११:३६

इलाममा रुख ढाल्दै गर्दा सोही रुखले किचेर एकको मृत्यु भएको छ।

इलामको माइ नगरपालिका-७ साँगुरीटोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको हो।

शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख ढाल्दै थिए।

रुख ढल्ने क्रममा उनलाई त्यही रुखले किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*