उच्च पहाडी भेगमा आज हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार ०७:५५
फाइल तस्वीर

पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था छ । दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार र सोमबार भने मौसममा उल्लेख्य बदलाव नहुने जनाइएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन ०८ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फागुन ०९ गते (आइतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फागुन १० गते (सोमबार)

दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*