बिनाकारण पदमुक्त भएपछि परियारले गरे अदालत जाने निर्णय

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार ०७:५१

प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन्। शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन्।

उनले प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभए नि गुट-उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको आरोप लगाए।

‘आशंकाको भरमा पदमुक्त गर्न मिल्दैन। त्यस्तै थियो भने आवश्यक तथ्य र प्रमाण देखाउनुपर्थ्यो,’ उनले भने, ‘पूर्वमाओवादीबाट आफू आएको कारण पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण हुनेछ।’

उनले आफूलाई बिना कारण पदमुक्त गर्नु व्यक्तिगत मात्र नभई सिङ्गो दलित समुदायमाथिको आक्रमण रहेको दाबी गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*