आँचल साहित्य कला पुञ्जले प्रदान गर्ने सम्मान र पुरस्कार सार्वजनिक

बाइलाइन नेपाल
७ फाल्गुन २०७७, शुक्रबार १६:५५

हेटौंडा । आँचल साहित्य कलापुञ्ज मकवानपुरले यसवर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कारको सार्वजनिक गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संस्थाले प्रदान गर्ने १० वटा विभिन्न विधाका सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।

नारी साहित्यकारहरुले २०६९ साल मङ्सिरको २४ गते स्थापना गरेको संस्थाले साहित्य,कला पत्रकारिता एवम् संस्कृतिको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्दै आएको छ । संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा साहित्यसेवी तथा पुरस्कार संस्थापक मुक्ति गोविन्द वैद्यसहित कार्यसमितिका पदाधिकारी सदस्यको सहभागिता रहेको थियो ।

घोषणा गरिएको सम्मान तथा पुरस्कार आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवको अवसरमा २०७७ फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमका बीच प्रदान गरिने कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

आँचल साहित्य कला पुञ्जले घोषणा गरेको सम्मान तथा पुरस्कारहरु

१) बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानः –२०७७
समाजसेवी हरिवंश भेटवालले र उहाँकीधर्मपत्नीबिजुला भेटवालले आफ्नो मातापिताको नाममा स्थापनागर्नुभएको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७७ का लागि चितवन निवासी समाचालोक÷कविज्ञानु अधिकारीलाई प्रदानगर्ने निर्णय भएको छ । रु १०००१÷– राशीर सम्मानपत्रसहित सम्मानितगरिने छ । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवातगरिएको यो सम्मान २०७४ सालमा स्थापनाभएको हो । साहित्यमाकलमचलाउने नारी साहित्यकारलाई मात्रदिइने यो सम्मानबाट २०७४ माकविप्रतिमापाठक, २०७५ मा साहित्यकाररुकु कार्की, २०७६ मा साहित्यकार डा. विन्दु शर्मालाई प्रदानगरिएको थियो । यो सम्मान आँचलमा संस्थामा स्थापना भएको अक्षयकोषसहितको पहिलो सम्मान हो ।

२) प्रतिभाधितालछन्द पुरस्कार–२०७७
आँचल साहित्यकलापुञ्जमकवानपुरकी संस्थापकअध्यक्षमुनाअर्यालले आफ्नो दिदीप्रतिभाधितालको नाममा स्थापनागर्नु भएको प्रतिभाधितालछन्द पुरस्कार–२०७७नवलपरासीनिवासीकृष्णदेविशर्मालाई प्रदानगर्ने निर्णय भएको छ । रु एक लाखअक्षयकोषको व्याजबाटप्रत्येक वर्षमाछन्दमाकलमचलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदानगरिने छ ।
रु १०,००१ ÷– (दशहजार एक) राशीको यो पुरस्कार २०७५ सालमा स्थापनाभएको हो । यो पुरस्कारबाट साहित्यकार बुनु लामिछाने र प्रभाभट्टराई सम्मानितभइसक्नु भएको छ ।

३) ईश्वर लम्साल स्मृतिपत्रकारिता सम्मान –२०७७
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिनालम्साल तथा छोरा प्रकाशलम्सालले आफ्नो ससुराबा÷ बुबाको नाममा स्थापनागर्नुभएको ईश्वर लम्साल स्मृतिपत्रकारिता सम्मान–२०७७ मकवानपुरे पत्रकारितामा लामो समयदेखि क्रियाशिलकान्तिपुरकर्मी प्रतापविष्टलाई प्रदानगर्ने निर्णय भएको छ । रु एक लाख अक्षयकोषको व्याजबाटप्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमाविशेष योगदान पु¥याउने व्यक्तिलाई यो सम्मानदिइदै आएको छ । यस अघि५,५५५÷– राशीप्रदानगरिदै आएको पुरस्कार राशीयसवर्षबाट७५००÷– सहित सम्मानपत्रले सम्मानितगरिने छ । २०७५ सालमा स्थापनाभएको यो सम्मानबाटअग्रजपत्रकार कौशलपाण्डे, नवराजशर्मा सम्मानितभइसक्नु भएको छ ।

४) टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७७
साहित्यकार रुकु कार्कीलगायत उहाँको बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले आफ्ना स्वर्गिय पिता तथा माताद्धयको नाममा स्थापना गर्नुभएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७७ कालागि मकवानपुरे साहित्यकार निमेष निखिललाई प्रदानगर्ने निर्णय भएको छ । रु. ११,१११ राशीर सम्मानपत्रसहित सम्मानित गरिने छ । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । यो सम्मानबाट कवि ललिता दोषी सम्मानित भइसक्नु भएको छ ।

५) अप्सरा तिम्सिनालम्साल स्मृति साहित्य सम्मान–२०७७
आँचल साहित्यकलापुञ्जमकवानपुरकी संस्थापकउपाध्यक्षतथा २०७३ देखि २०७५सम्मअध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममाउहाँकामातापितागजाधर तिम्सिनातथायशोधरा तिम्सनाले स्थापनागर्नुभएको अप्सरा तिम्सिनालम्साल स्मृति साहित्य सम्मान–२०७७काठमाडौं निवासीकविप्राज्ञलक्ष्मीमालीलाई प्रदानगर्ने निर्णय भएको छ । रु. एक लाख ९० हजार रुपैयाँकोअक्षयकोषको प्राप्तव्याजबाटप्रत्येक वर्ष साहित्यको क्षेत्रमाविशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई रु. १५,००१ ÷–राशीसहित सम्मानप्रदानगरिने छ । । यो सम्मानबाटमकवानपुरे साहित्यकार आरसी रिजाल सम्मानितभइसक्नु भएको छ ।

६) मंगलादेवि श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान–२०७७
शिक्षासेवी देवप्रसादश्रेष्ठले स्थापनागर्नु भएको मंगलादेविश्रेष्ठबालप्रतिभा पुरस्कार–२०७७ अमर माविमाअध्ययनरत् प्रज्वल ढुंगानालाई प्रदानगर्ने निर्णय गरिएको छ । नगद ३५००÷– सहित सम्मानपत्रबाट सम्मानितगरिने यो सम्मान २०७६ सालबाटप्रदानगरिएको हो

७)वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान–२०७७
साहित्यकार डा. गणेशकुमार पौडेललेआफ्नापिताखड्ग पौडेलको स्मृतिमा स्थापनागर्नुको वनस्खण्डीखड्ग प्रतिभापौडेल सम्मान–२०७७मकवानपुरेसाहित्यकार रामचन्द्र आचार्य (फूर्सती)लाई प्रदानगर्ने निर्णय गरिएको छ । यसवर्षबाटप्रदानगर्न लागिएको यस सम्मानमा ५,००१÷– राशीसहित सम्मानपत्र रहेको छ ।

८) मुक्ति–तारा नवप्रतिभा सम्मान–२०७७

साहित्यसेवीमुक्तिगोविन्द वैद्य तथाउहाँकाधर्मपत्नीतारा वैद्यले स्थापनागर्नुभएको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०७७मकवानपुरे नवप्रतिभाप्रसिद्धिकालम्साललाई प्रदानगर्ने निर्णय भएको छ ।यसवर्षबाटप्रदानगर्न लागिएको यो सम्मानमा ५,००१÷–राशीसहित सम्मानपत्र रहेको छ ।

९) सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०७७

साहित्यसेवीचन्द्रकिरणश्रेष्ठले तथाउहाँकाधर्मपत्नी मेनुका श्रेष्ठले स्थापना गर्नुभएको युवाप्रतिभा सम्मान–२०७७मकवानपरे साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय भएको छ ।यसवर्षबाटप्रदानगर्न लागिएको यो सम्मानमा १०,००० राशीसहित सम्मानपत्र रहेको छ । युवा व्यक्तिवहरु लाई मात्रै यो सम्मान प्रदानगरिने छ ।

१०) आँचल सम्मान–२०७७

आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष प्रदानगर्दै आएको आँचल सम्मान यस वर्ष कलाको क्षेत्रमा विगत लामो समय देखि आफ्नो प्रतिभा देखाउदै आउनु भएको कलाकार चित्रकार सूर्य सन्यासीलाई रु ५०००( अक्षरेपीपाँचहजार मात्र) सम्मानगरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*