नेप्से सूचकको यो साता नयाँ रेकर्ड

बाइलाइन नेपाल
७ फाल्गुन २०७७, शुक्रबार १५:४८

काठमाडौँ– नेप्से सूचकले यो साता नयाँ रेर्कड कायम गरेको छ । कारोबार रकम गत साताको तुलनामा घटेको भएपनि नेप्सेले भने यो साता नयाँ उचाई चुमेको छ । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो ।

सोही आधारमा नेप्सेले यो साता २६ सय ३६ दशमलव ६८ बिन्दुको शिखर चुम्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८१ दशमलव ७८ अंकको शिखर चुमेको छ ।

नेप्सेमा यो साता दुई सय आठ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोबारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ पुगेको छ ।

गत साता भने नेप्सेमा दुई सय छ वटा कम्पनीहरुको तीन लाख ८५ हजार छ सय १३ पटकको कारोबारमा सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पहिलो दिन घटेपनि बाँकी दिनहरुमा भने उच्च अंकले बढेको थियो । सोही आधारमा पहिलो दिन २४ सय ९३ दशमलव ५९ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिनसम्म पुग्दा २६ सय ३६ दशमलव ६८ अंकमा चढेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार सय ५४ दसमलव १२ अंकमा झरेकोमा अन्तिम दिनसम्म पुग्दा चार सय ८१ दसमलव ७८ अंकमा चढेको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा यो साता नेपाल पुर्नबीमा कम्पनी कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक आदि परेका छन् । पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेका छन् ।

यो साता मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, कामना सेवा विकास बैक आदिको बोनस तथा हकप्रद सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*