नेकपाको आपसी द्वन्द्वले देशलाई बन्दी बनाउन पाइँदैनः चौधरी
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य गोविन्द चौधरीले नेकपाको आपसी लडाईका कारण देश अनिर्णयको बन्दी हुन नहुुने बताएका छन् । पूर्व सांसद समेत रहेका चौधरीले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा रातोपाटीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान बिपरित संसद बिघटन गरेर देशलाई अराजकतातर्फ लगेकाले तत्काल सच्याउन सुुझाव दिए ।
प्रधानमन्त्री केपी शर्माओली पक्ष र प्रचण्ड माधव पक्ष एक आपसमा जुधेर कुनै पनि हालतमा देशलाई बर्बाद गर्न नहुने चौधरीले टिप्पणी गरे । जसपाका कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका नेता चौधरीले ओली–प्रचण्डका साथै जसपाले पनि अग्रगमन र प्रतिगमनको नाउमा दिनहुुँ गर्ने गरेको विरोध प्रदर्शनका कारण देशको अरबौं रुपैयाँ सकिएर लाखौं नेपालीले दुख खेप्नुु परेको गुुनासो गरे ।
अगामी निर्वाचनमा जनता समाजवादी पार्टी देशकै ठुुलो पार्टी हुने चर्चा गर्दै उनले पार्टीको आवश्यकताअनुसार आफुु चुुनाव लडन तयार रहेको बताए । रौतहटको निर्वाचन क्षेत्र ३ बाट २०४८ सालको निर्वाचनमा समेत उनी निर्वाचत भएका थिए भने २०६४ को संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । चौधरी २०६४ सालमा संवैधानिक निकाय तथा निर्धारण समितिका सभापतिको जिम्मेवारी समेत बहन गरिसकेका नेता हुन् ।

बाइलाइन नेपाल











