मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बाइलाइन नेपाल
७ फाल्गुन २०७७, शुक्रबार ११:१९

रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु ४३प ६८१७ नम्बरको मोटरसाइकल राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनका लागि खनेको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको मृत्यु भएको हो ।

उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवललेजानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*