रोनाल्डोसहितको फितलो प्रदर्शन, एफसी पोर्टो विजयी

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार ०७:३४

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको छ ।लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो ।

क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्टसको प्रदर्शन फितलो हुँदा पोर्टोले लाभ लियो । उसले दुई गोल दुवै हाफको पहिलो मिनेटमा थियो ।

मेहदी तारेमीले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेललाई मौसा मारेगाले ४६औँ मिनेटमा अर्को गोल ग्दै पोर्टोको जित सुनिश्चित गरेका थिए । युभेन्टसका फेदेरिको केइजाले लागि ८२औँ मिनेटमा एक गोल फर्काए ।

अब दोस्रो लेग आउँदो मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*