वाग्मती प्रदेशका सभामुख सम्पर्कविहीन भएपछि उपसभामुखलाई विरोधपत्र

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार १६:१७

सूचना टाँस गरेर संसद् बैठक स्थगित गरेपछि वाग्मती प्रदेशका नेकपा प्रचण्ड–नेपाल पक्षका सांसदहरूले बुधबार उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएका छन् ।

सभामुख सानुकमार श्रेष्ठ सम्पर्कविहीन भएपछि उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । “हामीले बिहानैदेखि उहाँसँग सम्पर्क गर्न खोज्यौँ । तर, उहाँ सम्पर्कमा आउन चाहनु भएन । मोबाइल अफ गरेर बस्नुभएको छ । विरोधपत्र बुझन् नमान्ने उहाँ कस्तो सभामुख हो ?,” उनले प्रश्न गर्दै भनिन्, “सभामुख नआएपछि हामीले उपसभामुखलाई विरोधपत्र बुझाएका छौँ ।

प्रदेशसभाको बैठक आज दिउँसो २ बजेलाई तय गरिएको थियो । तर, बिहानै ६ः३७ बजे बैठक स्थगित गरिएको सूचना पाएपछि आक्रोशित प्रचण्ड–नेपाल समूहका सांसदहरूले सभा सञ्चालनको माग राख्दै पत्र बुझाएका हुन् ।

प्रदेशसभाको अघिल्लो बैठकमा अविश्वासको प्रस्ताव दाहाल–नेपाल समूहका सांसद अरूण नेपालले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । उनले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको सर्वोपरी हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको बताएका थिए । उनले पौडेललाई पदमुक्त गरि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*