कांग्रेस केन्द्रीय समिति बैठक आज

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार १०:००

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ ।सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ ।

फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*